May 23, 2025, Friday
२०८२ जेष्ठ ११, शनिबार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड प्रतितोला १ लाख ७६ हजार

स्थानीय बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। मंगलबार तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेकोमा आज प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार पुगेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ। सुनको भाउ भने सामान्य घटेको छ। आज ५ रुपैयाँले घटेर चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।