
काठमाडौँ, आज बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ । सुनकाे मूल्य आज भने तोलामा १२ सय रुपैयाँले घटेको हो ।
छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३६५ रुपैयाँ कायम रहेको छ ।







