सुनको मूल्य बढ्यो
सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ । आज सुन तोलामा प्रतितोला रू एक लाख ६८ हजार सात सयमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा रू १५ बढेको छ । आज चाँदी प्रतितोला रू एक हजार नौ सय ७० मा खरिद बिक्री हुनेछ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ
प्रतिकृया दिनुहोस्