असोज १३ गतेदेखि सुकिलो नोट साट्न सकिने

काठमाडौं, आउदो दसैंका लागि असोज १३ गतेदेखि नोट साट्न पाइने भएको छ । असोज १३ गतेदेखि २२ गतेसम्म नोट साट्न सकिने नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै जानकारी गराएको हो ।
नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिने बताएको छ ।
राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर,वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्त्र र धनगढीबाट नोट सटहीको सुविधा लिन सकिने बैंककले जनाएको छ । यसैगरी, इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत नोट सटही गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस्