April 28, 2025, Monday
२०८२ बैशाख १६, मंगलवार

बुधबार २२.७३ अंकले घट्यो नेप्से

काठमाडौं, पछिल्लो समय लगातार घटेके नेप्से आज (बुधबार) पनि परिसूचक २६१० बिन्दुमा पुगेर कारोबार रोकिएको छ । बुधबार २२.७३ अंकले परिसूचक घटेको हो ।

यसदिन ३१७ स्क्रिप्सको १ करोड ५४ लाख  २८ हजार ७२४ कित्ता सेयर ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँमा खरिदबिक्री भएको छ । अघिल्लो कारोबार दिन सोमबार ९ अर्ब मूल्य बराबरको कारोबार भएको थियो ।

यसरि दोहोरो अंकले घटेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो। यसैगरी  थ्री स्टार हाइड्रोपावरको सेयर ९.४८ प्रतिशतले बढ्दा समाज लघुवित्त वित्तीयको ६.८१,कालिका लघुवित्त वित्तीय संस्थाको ६.६६ र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर ६.०४ प्रतिशतले बढ्यो ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर शीर्षस्थानमा रह्यो भने सो कम्पनीको ३४ अर्ब बढी मूल्यको कारोबार भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको