June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

सुनको मूल्य आज ४ हजार रुपैयाँले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज ४ हजार रुपैयाँले घटेको हो।

शुक्रबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४ हजार रुपैयाँले घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भरहेको छ । महासंघका अनुसार आज तेजाबी सुन एक लाख ४० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँ घटेको छ। अघिल्लो दिन तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको