March 4, 2024, Monday
२०८० फाल्गुन २१, सोमबार

झिनो अंकले बढ्यो नेप्से 

नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से २.६० अंकले बढेर १९८८.०४ विन्दुमा पुगेको छ । २९२ धितोपत्रको एक करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँमा किनबेच भएको छ ।सेन्सेटिभ इन्डेक्स पनि ०.२५ बढेर ३७५.३० विन्दुमा पुगेको छ ।

१३ वटा उपसमूहमध्ये ९ उपसमूहको समूहगत सूचक बढेको छ । चार वटा उपसमूहको समूहगत सूचक घटेको छ ।बुधबार बोटलर्स नेपालको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको ५.६९ प्रतिशले घटेको छ ।

शीर्ष समाचार

धेरै पढिएको