March 17, 2025, Monday
२०८१ चैत्र ४, सोमबार

दैनिक २० किलो सुन आयात गर्न पाइने

नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर प्रतिदिन २० किलो पुर्‍याएको छ । यसअघि प्रतिदिन १० किलो मात्रै सुन आयात गर्ने अनुमति रहेकोमा नेपाल राष्ट्र बैंकले बैंकहरूलाई परिपत्र गरेर प्रतिदिन २० किलो सुन ल्याउन अनुमति दिएको हो ।नयाँ व्यवस्थाअनुसार कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन ।

बैंकबाट सुन खरिद गर्ने व्यवसायीले आफूले बिक्री तथा उपयोग गरेको सुनको विवरण प्रत्येक महिना सकिएको सात दिनभित्र सम्बन्धित बैंकमा बुझाउनु पर्नेछ ।व्यवसायीहरूले देशमा मागको तुलनामा आयात अनुमति कम भएको भन्दै कोटा बढाउन माग गर्दै आएका थिए । आयात कोटा कम भएका कारण पनि सुनको तस्करी बढेको व्यवसायीहरूको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको