December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

अन्तर्राष्ट्रिय व्यापार ९ वर्षयताकै कमजोर, ३५ प्रतिशतभन्दा तल खस्कियो

  • 10
    Shares

काठमाडौं, गत आर्थिक वर्षको तुलनामा मुलुकको अन्तर्राष्ट्रिय ब्यापार ९ वर्षयताकै कमजोर देखिएको छ। राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार विश्व आर्थिक मन्दीले सताएको वर्ष २०६७/६८ पछि अन्तर्राष्ट्रिय ब्यापार पहिलोपटक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३५ प्रतिशतभन्दा तल झरेको हो ।

गत वर्ष कुल अन्तर्राष्ट्रिय ब्यापार जीडीपीको ३४.४ प्रतिशतमा झरेको छ। यो २०५० सालपछि तेस्रो न्यूनतम विन्दु हो। अघिल्लो वर्ष अन्तर्राष्ट्रिय ब्यापार ४३.८ प्रतिशतको कीर्तिमानी उचाइमा पुगेको थियो। ‘यसरी व्यापार घट्दा हाम्रो समग्र आर्थिक गतिविधिमा असर पर्छ’, व्यापार विज्ञ डा. पोषराज पाण्डे बताउँछन् । आयातमुखी नेपाली अर्थतन्त्रमा व्यापारले धेरै ठूलो हिस्सेदारी प्राप्त गरेको छ । जीडीपीमा करिब साढे १२ प्रतिशत योगदान थोक तथा खुद्रा व्यापारले गरेको छ ।

त्यसबाहेक निकै ठूलो रोजगारी सिर्जना गर्नेदेखि सरकारी ढुकुटीमा राजस्व जम्मा गर्नमा व्यापार क्षेत्रको निकै ठूलो भूमिका छ । ‘यसरी व्यापार घट्दा रोजगारी, राजस्व र उपभोगमात्र होइन, भविष्यमा मुलुकको आर्थिक वृद्धिलाई पनि असर पर्छ’, पाण्डेले भने । कारोना महामारीका कारण गत आर्थिक वर्षको करिब ५ महिना अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको थियो। यो समस्या अहिले पनि ज्यूँका त्यूँ छ। anp

शीर्ष समाचार

धेरै पढिएको