July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार

सुनको भाउ ताेलामा १७ सय रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज १ हजार ७ सय रुपैयाँले घटेको छ । लगातार भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको थियो । तर आज १ लाख ११ हजार ६ सय रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाली बजारमा पनि थपघट भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति ताेलाको १ लाख १३ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ अघिल्लो दिन बिहीवार १ लाख १२ हजार ५ सय रुपैयाँ थियो ।

बुधवार तोलामा १ लाख १२ हजार रुपैयाँ पुगेको थियो ।यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।