एकैदिन ९२ अंकले बढ्यो नेप्से

काठमाडौं, आज सेयर बजारमा हरियाली देखिएको छ । बुधबार नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेसँगै लगानिकर्ताहरु शेयर बजारमा आर्कषित हुँदा एकैदिन नेप्से ९२.२२ अंकले वृद्धि भएर १९६३.५५ अंकमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार ओरालो लागिरहेको सेयरबजारमा बुधबार नेपाल बैंकर्स संघले गरेको निक्षेप ब्याजदर एकल अंकमा झार्ने निर्णयको सकारात्मक प्रभाव देखिएको हो ।

यसैगरी आज कुनै पनि कम्पनीका लगानीकर्ताले गुमाएका छैन भने सबै २१८ कम्पनीको सेयर मूल्य बढेको हो ।