November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार

२० अर्ब रुपैयाँ बजेट कार्यन्वयनको कार्यविधी छिट्टै

  • 18
    Shares
फाइल फोटो

काठमाडौं, पर्यटन क्षेत्रका लागि छुट्टयाएको २० अर्ब रुपैयाँ बजेट कार्यन्वयनको कार्यविधी सरकारले छिटै ल्याउने भएको छ । संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिबेदन सार्वजनिक गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले मंगलवार सञ्चारमाध्यमलाई जानकारी दिएका छन ।

पर्यटन क्षेत्र पुनरोत्थानका लागि २० अर्ब रुपैयाँको कोष स्थापना गरेर सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्बन्धमा अर्थ मन्त्रालयले कार्यविधि तयार गरिरहेकोे उनले जानकारी दिएका छन ।

२० अर्ब रुपैयाँमध्ये १० अर्ब हवाई यातायातका लागि छुट्टाइनेछ। अर्थ मन्त्रालयले चाँडै नै कार्यविधि बनाएर सार्वजनिक गर्ने कोष छिट्टै नै पर्यटन व्यवसायीले उपयोग गर्न पाउने मन्त्री भट्टराईको भनाइ छ ।

पर्यटनमन्त्री भट्टराईले सबैभन्दा बढी पुँजीगत खर्च तथा वित्तीय र भौतिक प्रगति हुनुपर्ने समयमा प्रतिकूल परिस्थिति सिर्जना भएकाले अपेक्षित प्रगति हुन नसकेको बताए। कोभिड–१९ महामारीका कारण पुस-माघ महिनादेखि असार÷साउन महिनासम्म धेरै काम हुन पाएन। त्यसैले मन्त्रालयको वार्षिक प्रगति विवरणमा यो वर्ष मन्त्रालयको पुँजीगत खर्च ६४ प्रतिशत र वित्तीय खर्च ५४ प्रतिशत गरी समग्रमा झण्डै ६० प्रतिशत मात्र प्रगति भएको छ। चालु खर्चमा ८० प्रतिशत प्रगति भएको उल्लेख छ।

शीर्ष समाचार

धेरै पढिएको