
काठमाडौं, आज सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेप्से ३९.१५ अंकले घटेर १९१७.२२ विन्दुमा अडिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से दोहोरो अंकले ओरालो लागेपनि मंगलबारको तुलनामा आज कारोबार रकम बढेको छ । यसदिन १ अर्ब ४० करोड बढिको सेयर कारोबार भयो ।
यसैगरी बुधबार २२३ कम्पनीको ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३७ रुपैयाँमा खरिदबिक्री भएको छ ।







