
काठमाडौं, नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।
यसैगरी आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८०० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज तोलामा १२ सय ६५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।







