
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मुल्य तोलामा ८ सय रुपैयाँले घटेको हो ।
यसदिन छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले घट्दै ९५ हजार २ सय रुपैयाँमा झरेको हो । आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै घट्दै ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघक अनुसार आज चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घट्दै आज १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।







