
काठमाडौं, कारोबारको अघिल्लो दिन हिजो मंगलबार १५.९२अंकले बढेको नेप्से आज ६.४१ अंकले बढेको छ ।
आज २२१ कम्पनीको १३ लाख ७० हजार ४७७ कित्ता सेयर ४८ करोड ५४ लाख ८ हजार ७६८ रुपैयाँमा खरिदबिक्री भएको हो ।
यसैगरी आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन ।मन्दाकिनी हाइड्रोपावरको ९.२० प्रतिशतले बढ्दा अभियान लघुवित्त वित्तीयको ८.१९ प्रतिशतले बढ्यो । ग्लोबल आईएमई ब्यालेन्स फन्डको सेयर मूल्य १० प्रतिशतले ओरालो लाग्यो ।







