
काठमाडौं, आज सेयर बजार परिसूचक नेप्सेमा झण्डै ३४ अंकले घटेको छ । पछिल्लो केही दिनयता लगातार घटेको यात्रामा रहेको नेप्सेमा यस दिन ३३.९७ अंकले गिरावट आउँदै १८७६.४१ विन्दुमा झरेको हो ।
आइतबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६.०४ अंकले घट्दै ३६५.८६ विन्दुमा ओर्लिएको छ । ३४ अंकले घटेको बजारमा आज १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बराबरको ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर कारोबार भएको छ ।







