
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रवार सुनको मुल्य तोलामा एक हजार रुपैयाँले घटेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसैगरी तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै घट्दै ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







