
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार पछिल्लो चार दिनसम्म मूल्य घटेको छ ।
विहीबार सुनको मूल्य ३०० रुपैयाँ रुपैयाँले घटेको हो । यसदिन छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ छ ।
यता, आज चाँदीको मूल्य भने बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै ११ सय ८० रुपैयाँ पुगेको जनाएको छ ।







