
काठमाडौं, सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ४७.४४ अंकले बढेर बन्द भएको छ । आज कारोबार रकममा पनि सुधार देखिएको छ ।
नेप्से दोहोरो अंकले बढेसँगै कारोबार रकम पनि बढेको छ । आज १ अर्बमाथिको सेयर कारोबार भयो । आज २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता सेयर १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६५० रुपैयाँमा कारोबार भयो ।
यसैगरी कारोबारमा आएका १३ वटै समूहको सूचक बढेको छ । फाइनान्स समूहको सूचक सर्वाधिक ५.७५ प्रतिशतले बढ्यो ।
यता ट्रेडिङ समूहको ५.७५ प्रतिशतले बढ्यो । हाइड्रो पावर समूहको ३.६२ प्रतिशतले बढ्दा होटल्स एन्ड टुरिजमको २.५६, मनु एन्ड प्रो को २.२७, माइक्रो फाइनान्सको २.४३ र इन्भेष्टमेन्ट समूहको २.५६ प्रतिशतले बढ्यो ।







