
काठमाडौं, नेपाली बजारमा सुन्को मूल्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ छ ।
यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँ घटेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ छ ।







