
काठमाडौं, आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिवार सुनको मुल्य तोलामा ८ सय रुपैयाँले बढेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले बढ्दै एक हजार १३५ रुपैयाँ कायम भएको छ ।







