
काठमाडौं, आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँलेघटेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १००० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो ।
यसैगरी, आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ ।
यता, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर तोलामा ११ सय १० रुपैयाँ कायम भएको हो ।







