
काठमाडौं, साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा गिरावट हुँदा दुई हजारको बिन्दुबाट तल झरेको छ ।
आज असार अन्तिम साता दुई हजार अंकको बिन्दुबाट माथि लागेको नेप्से २२ सयको नजिक पुगेर पुनः दुई हजार अंकको बिन्दुबाट तल झरेको हो ।
यसदिन बजार परिसूचक ३३.३६ अंक (१.६५ प्रतिशत) ले गिरावट भएर १९८९.२६ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने २ अर्ब नाघेको छ ।
आज बजारमा ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ९७ लाख ३७ हजारको कारोबार भएको छ । जसमध्ये अरुण कावेली पावरको १० करोड ३३ लाख ६२ हजारकधो कारोबार हुँदा शिवम् सिमेन्टको ७ करोड १५ लाख ४१ हजारको कारोबार भएको छ ।
यसैगरी नेप्सेमा १८८ कम्पनीको सेयर कारोबार भएकोमा १८२ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १ कम्पनीको स्थिर छ ।







