
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला २०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ छ ।
यसैगरी आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । आज ५ रुपैयाँ घटेर प्रतितोला १ हजार १६५ रुपैयाँ कायम भएको हो ।







