
काठमाडौं, नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले भदौ ७ गते २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कूल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।
मंगलबार बिक्री हुने ट्रेजरी बिलको भदौ ६ गते सोमबार दिउँसो ३ बजे बोलकबोल हुने बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्था बिल खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार २८ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याइएको छ ।







