
काठमाडौं, धौलागिरी लघुवित्तले मंगलबारबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीका अनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये १६ हजार ५५० कित्ता सामुहिक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
यसैगरी बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।







