
काठमाडौं, शेयर बजारमा आज गिरावट आएको छ । सोमबार नेप्से परिसुचक १७ दशमलव ६७ अंकले घटेर २१०६ दशमलव १६ विन्दुमा थामिएको हो ।
शेयर बजारमा मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ४१ अंकले घटेर ४०६ दशमलव १४ विन्दु कायम भएको हो ।
आज साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा २१४ कम्पनीको २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँ बराबरको ६५ हजार २७ सय ४१४ कित्ता शेयर किन बेच भएको हो ।







