
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ छ भने तेजाबी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढ्दै एक हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।







