
काठमाडौं, सेयर बजार पुनः घट्न थालेको छ ।बिहिवार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।
यसदिन नेप्से परिसूचक ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा अडिएको छ भने सेन्सेटिभ इन्डेक्स ८ अंक बढीले घटेर ४१२.२५ विन्दुमा झरेको छ ।
नेप्सेमा गिरावट आएसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ । बुधबार २१८ कम्पनीको ९५ लाख ४२ हजार ६०७ कित्ता सेयर ४ अर्ब २ करोड ९९ लाख ४ हजार २५१ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी आज २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता सेयर ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँमा खरिदबिक्री भयो ।







