
काठमाडौं, पछिल्लो दुई दिन उकालो लागेको सेयर बजार आज फेरि घटेको छ । मंगलबार नेप्से परिसूचक २.७६ अंकले घटेर २१९३.४८ विन्दुमा अडिएको छ ।
आइतबार र सोमबार नेप्से क्रमश ५४.५८ र १.१५ अंकले बढेको थियो । यसदिन सेन्सेटिभ इण्डेक्स ४२१.१३ विन्दुमा पुगेको छ ।
आज कारोबार रकमका आधारमा शिवम् सिनेन्ट्स अग्रस्थानमा रह्यो भने सो कम्पनीको २९ करोड ३२ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो ।
कारोबारमा आएका १३ समूहमध्ये ६ को सूचक बढ्यो भने ७ को घट्यो । ट्रेडिङको १.९५, हाइड्रोपावरक १.१, फाइनान्सको १.२४, मनु एन्ड प्रोको ०.०२, माइक्रोफाइनान्सको ०.८५ र म्युचुअल फन्डको ०.२२ प्रतिशतले मूल्य बढेको हो ।







