
काठमाडौं, नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य तालामा ९५ हजार ३०० रुपैयाँ पुगेको छ ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । अघिल्लो दिन तोलामा १२ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य आज १२ सय ३० रुपैयाँ पुगेको छ ।







