
काठमाडौं, शेयर बजारमा आज १५ अंकको सुधार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिवार नेप्से परिसुचक १५ दशमलव ४९ अंकले बढेर २१२७ दशमलव ४७ विन्दुमा थामिएको हो ।
शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स आज २ दशमलव ७० अंकले बढेर ४०५ दशमलव ६२ विन्दु कायम भएको हो ।
यसैगरी यसदिन २२१ कम्पनीको ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँ बराबरको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।







