काठमाडौं,बिहीबार सुनको भाउ १ हजार रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बुधबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ११ सय ५५ रुपैयाँ कायम भएको छ ।







