
काठमाडौं,बुधबार सुनको भाउ २०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, मंगलबार छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ ।







