काठमाडौं,साताको पहिलो दिन आइतबार सुनको भाउ ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९७ हजार ५०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।
आइतबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १२ सय रुपैयाँ कायम भएको छ ।








