काठमाडौं ,सोमबार सुनको भाउ २०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ९८ हजार १०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । सोमबार चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ९० रुपैयाँ कायम भएको छ ।








