काठमाडौं,सुनको भाउ शुक्रबार २०० रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ९८ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।
चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १२ सय ७० रुपैयाँ कायम रहेको थियो ।








