काठमाडौं, सुनको भाउ बिहीबार ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ कायम भएको छ ।त्यसैगरी तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बुधबार छापावाल सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको भाउ तोलाको ९७ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो ।बिहीबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १२ सय ७० रुपैयाँ कायम भएको छ ।








