
काठमाडौं, नेपालले भुटानसँग व्यापारमा चालू आर्थिक वर्षको ९ महिनामै ६८ करोड १ लाख ५० हजार रुपैयाँ व्यापारघाटा ब्यहोरेको छ । उक्त अवधिमा नेपालले भुटानतर्फ २८ करोड ९६ लाख रुपैयाँको निर्यात गरेको छ ।
भन्सार विभागका अनुसार सो अवधिमा भुटानबाट ९६ करोड ९७ लाख रुपैयाँको आयात गरेको छ । जसअनुसार, ९ महिनाको अवधिमा भुटानसँगको व्यापारमा नेपाललाई ६८ करोड रुपैयाँ घाटा छ । यस अवधिमा नेपालले भुटानबाट ९३ करोड ९६ लाख रुपैयाँको जिप्सम आयात गरेको छ ।
यसैगरी १ करोड २८ लाख ५५ हजार रुपैयाँको प्लस्ट आयात भएको छ भने नेपालबाट विरुवा, पास्ता, दालमोठ, पापड, कार्पेट, लत्ताकपडा लगायतका वस्तु निर्यात हुने गरेको छ ।







