
काठमाडौं,सुनको भाउ एकैदिन प्रतितोला १४०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १४०० रुपैयाँले बढेर ९८ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।यसअघि, बुधबार छापावाल सुन तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको पनि प्रतितोला १५ रुपैयाँले बढेर १३०५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२९० रुपैयाँ कायम रहेको थियो ।







