February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

सुनको भाउ लगातार घट्यो, बुधबार प्रतितोला ९९ हजार रुपैयाँ

काठमाडौं, सुनको भाउ लगातार चार दिनदेखि  घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९९ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, मंगलबार छापावाल सुन तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।

बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १३४० रुपैयाँ कायम भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको