
काठमाडौं बैशाख ८ गते । सुनको भाउ बिहीबार तोलामा ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ९०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ४०० रुपैयाँ निर्धारण भएको छ ।
त्यसैगरी बुधबार चाँदीको भने प्रतितोला ५ रुपैयाँले घटेर १३८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३८५ रुपैयाँ कायम रहेको थियो ।







