February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

प्रतितोला एक लाख दुई हजार पुग्यो सुनको मुल्य

काठमाडौं, आज साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ पुगेको छ । गत बुधबार छापावाला सुन प्रतितोला एकलाख एक हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज थप ५०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले नै बढ्दै एक लाख एक हजार ५०० रुपैयाँ पुगेको छ ।

यसैगरी चाँदीको मूल्य भने बिहीबारको तुलनामा तोलामा १५ रुपैयाँले बढ्दै एक हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको