अर्थतन्त्रमा संकट नभएको मन्त्री शर्माको दाबी, २० प्रतिशत इन्धन खपद घटाउने

काठमाडौं, अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा अर्थतन्त्रको अवस्था ठिक अवस्थामा रहेको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।
उनले भने, ‘नेपालको सार्वजनिक ऋण सीमाभित्र रहेको छ। हाम्रो अर्थतन्त्रमा त्यति ठूलो संकट आएको छैन। अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्छ।’
यसैगरी पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा गएको छ । अर्थमन्त्री शर्माका अनुसार पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको छ ।
उनले भने, “विलासिताका वस्तु आयात निरुत्साहित गर्ने, रेमिट्यान्स बढाउन श्रमिकहरुको सञ्चित लगानी कोष स्थापना गर्ने र विदेशमा रहेका कामदारलाई आईपिओ र एफपीओमा कोटा छुट्याउने निर्णय पनि मन्त्रिपरिषदमा गएको छ ।”
प्रतिकृया दिनुहोस्