
काठमाडौं चैत २३ गते,बुधबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर १३३५ रुपैयाँ कायम भएको छ ।







