
काठमाडौं चैत २१ गते । सोमबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको छ ।
सोमबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर ९८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार
तेजावी सुनको मूल्य तोलाको ९८ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १३५० रुपैयाँ कायम भएको छ ।







