
काठमाडौं ,आइतबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
आइतबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९९ हजार ३०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी तेजावी सुनको भाउ तोलाको ९९ हजार २०० रुपैयाँ निर्धारण भएको थियो ।
चाँदीको भाउ भने आइतबार स्थिर रहेको छ । आइतबार चाँदीको भाउ प्रतितोला १३६० रुपैयाँ रहेको छ ।







