
काठमाडौं : बिहीबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९८ हजार ९०० रुपैयाँ रहेको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ४०० रुपैयाँ छ ।
बुधबार छापावाल सुनको भाउ ९८ हजार ८०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।
त्यस्तै बिहीबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १३५० रुपैयाँ कायम भएको छ ।







