ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला २५०० रुपैयाँ वृद्धि

काठमाडौं, नेपाली बजारमा आज सुनको मुल्य ह्वात्तै बढेको छ । बुधबार २ हजार ५ सय रुपैयाँले बढेको छ । योसँगै नेपालमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ ।
यसदिन सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले मूल्य बढेसँगै उच्च मूल्यको रेकर्ड तोडिएको हो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ पुगेको छ । हिजो तोलामा १४ सय १० रुपैयाँले कारोबार भएको चाँदी आज एकै दिन प्रतितोला ४० रुपैयाँले बढेको हो ।
प्रतिकृया दिनुहोस्